उपल्लो डोल्पामा एक म्यादी प्रहरीको मृत्यु

जाजरकोट । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका शे स्थित गाउँमा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका–७ का सुनिल विकको मृत्यु भएको हो।

मृतकको सव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ। स्थानीय निर्वाचन सुरक्षा प्रयोजनका लागि सरकारले देशभर करिब १ लाखको संख्यामा म्यादी प्रहरीलाई भर्ना गरेको छ।

Back to top button