सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप

जाजरकोट । गएराति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत उहाँले बताउनुभयो। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएको उहाँको भनाइ छ।

एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा ४ जना प्रहरी सामान्य घाइते भएको उहाँले बताउनुभयो।

Back to top button