बाबुको मृत्यु भएपछि एमालेले बनायो छोरालाई उम्मेदवार

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले)ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ।

वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उहाँकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको नेतृ शान्ता चौधरीले बताउनुुभयो। एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो।

आज बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने निर्वाचन अधिकृत अर्यालले बताउनुभयो। त्यसपछि मौन अवधि सुरु हुनेछ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ। कलेजो र मिर्गौला रोगका कारण चौधरीको गत आइतबार राति मृत्यु भएको थियो।

Back to top button