रनवीर सिंहको ‘जयशभाई जोडदार’यहि शनिबारदेखि नेपालमा प्रर्दशन हुँदै

काठमाडौं । बलिउड अभिनेता रनवीर सिंह अभिनित चलचित्र ‘जयशभाई जोडदार’ यहि शनिबारदेखि नेपालमा पनि प्रदर्शन हुने भएको छ।

स्थानीय तहको निवार्चनका कारण चलचित्र हल बन्द हुने भएपछि शनिबारबाट मात्रै नेपाल प्रदर्शनको तयारी भैरहेको वितरक सुनिल मानन्धरले बताउनुभयो ।

स्थानिय निवार्चनको चटारो र कोरोना महामारीपछि बलिउड चलचित्रले नेपालमा राम्रो व्यापार गरी रहेको बेला चलचित्रको कन्टेन्ट र रनवीरको नेपाल फ्यान फोलोइङ्ग पनि राम्रो रहेकाले प्रदर्शन गर्न लागेको वितरक मानन्धरले बताउनुभयो ।

आगामी दिनमा यशराज फिल्मस्को व्यानरमा निर्माण भएका चलचित्र पनि आफुले नै रिलिज गर्ने लागेको उहाँले बताउनुभयो।

चलचित्रका मुख्य अभिनेता रनवीर सिंहले एक भिडियो जारी गर्दै नेपाली दर्शकलाई चलचित्र हेर्न आग्रह गर्नुभएको छ ।

दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको सिनेमामा शालिनी पाण्डे, बोमन इरानी, रत्ना पाठक शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

Back to top button