जमुनाहा नाका सील,अलपत्र परेकाको उद्धार

नेपालगञ्ज । नेपालगञ्ज नाका गएराति १२ बजेदेखि सील गरिएको छ। चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो।

भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ। नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ। अलपत्र परेका व्यक्तिहरुलाई आउन र जान दिने भनिएको छ।

रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई बिहान आउन दिइएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नाका सील भएको थाहा नपाएर नाकामा आइपुगेका व्यक्तिलाई अलपत्र पर्न नदिइ भित्र्याइएको जानकारी दिनुभयो।

‘एकलट भित्र्याइयो। अब आएकालाई नेपाल प्रवेश गर्न दिँदैनौँ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, ‘आइरहने, भित्र्याइरहने भए त सील गरेको अर्थ नै भएन नि।’

नाका सील गरिएपछि सधैं भीडभाड रहने भन्सारतिर सुनसान भएको छ। वैशाख ३० गते १२ बजेसम्मलाई नाका सील गरिएको छ।

Back to top button