आवत जावत निषेध गरिएपछि यस्तो देखियो सिमा नाका

विराटनगर । गएराती १२ बजेदेखि नेपाल भारत सीमा क्षेत्र बन्द सिल भएको छ। रातीदेखि सर्बसाधारणलाई आवत जावतमा समेत निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बैशाख २७ गते राती १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमानाका बन्द गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न भन्दै प्रदेश १ का नेपाल भारत सीमा नाका र नेपाल चिन सीमा नाका सिल गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भारतसँग सिमा जोडिएको इलाम, झापा, मोरङ र सुनसरी नाका सिल गरिएको छ । मोरङको रानी नाका तथा छोटी नाकाहरु सिल गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाकालले जानकारी दिनुभयो । मोरङ जिल्लामा हिजो रातीदेखि नै मदिरा बिक्री वितरण र सेवनलाई पनि रोक लगाईएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालयहरुले सिमा सिल भएको सुचना जारी गरेको भएपनि मुख्य नाका बाहेकका बाटोहरुबाट सर्बसाधारणको आवत जावत भने रोकिएको छैन ।

Back to top button