सिमकोट विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

सिमकोट । सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको छ। निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनाले लिनुपर्ने प्रावधानअनुसार सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको जनाएको हो।

बराहदलगुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार जिल्ला सुरक्षा समितिको अनुरोधमा सेनाले वैशाख २० गतेदेखि सेनाले विमानस्थलको सुरक्षाको जिम्मा लिएको हो।

जिल्लाका ५४ वटै मतदान केन्द्रमा प्रत्यक्ष रूपमा नेपाल प्रहरी खटिने भएका कारण प्रहरीको कमी भएपछि सेनाले विमानस्थलको सुरक्षा लिएको हो।

विमानस्थल सुरक्षा चौकीका प्रहरी विभिन्न मतदान केन्द्रका खटिएका छन्।

अर्को कुरा विशेष अवस्थामा महत्वपूर्ण संरचनाको सुरक्षा सेनाले लिने प्रचलनअनुसार उहाँले हुम्ला विमानस्थलको सुरक्षा लिनुपरेको बताउनुभयो।

अब विमानस्थलको सुरक्षा सेनाले मतदानपश्चात् सम्पूर्ण मतगणना कार्य सम्पन्न नभएसम्मका लागि लिने उहाँले बताउनुभयो। सेना २४ नै घण्टा विमानस्थलमा खटिँदै आएको छ।

Back to top button