विद्यालयहरुमा पनि अब साताको दुई दिन बिदा दिने निर्णय

काठमाडौं । सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णयसँगै विद्यालयहरुमा पनि अब साताको दुई दिन बिदा दिने निर्णय सरकारले गरेको छ। शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय आज गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार जेठ १ गतेदेखि लागू हुनेगरी आज यस्तो निर्णय भएको हो।

शिक्षामन्त्री स्तरीय निर्णयमा हिउँदे बिदा, बर्षे बिदा र पर्व बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको छ। त्यस्तै, शुक्रबार भने पूरा दिन पढाइ गर्ने निर्णय पनि भएको छ।

Back to top button