कसैको धम्की र प्रलोभनमा नपरी योग्य व्यक्ति चुनौँ : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भोलि हुने स्थानीय तहको निर्वाचनमा कसैको धम्की र प्रलोभनमा नपरी योग्य उम्मेदवारलाई भोट दिन सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज एक भिडियो सन्देश दिँदै सबै काम छोडेर मतदान गर्न जानकालागि आग्रह गर्नुभएको हो ।

‘कसैको धाक धम्की र भनसुन जस्ता प्रलोभनमा नपरी विवेकको प्रयोग गरौँ,आफ्नो गाउँ नगर निर्माणका लागि असर र योग्य उम्मेदवारलाई मत प्रदान गरौँ,’उहाँले भन्नुभयो ।

त्यस्तै,उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गई सबैले मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,‘सबै जना मतदाता केन्द्रमा गई मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु,यो संवैधानिक अधिकार हो र कर्तव्‍य पनि हो।’

सभामुख सापकोटाले गुहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुहुने छ ।

Back to top button