ब्रिटिश एकेडेमी फिल्म अवार्डमा छनोट नेपाली फिल्म ‘हल्कारा’

काठमाडौं । नेपाली फिल्म ‘हल्काराः द पोस्टम्यान’ ब्रिटिश एकेडेमी फिल्म अवार्ड (बाफ्टा)को कालिफाइङ फेस्टिभलमा छनोट भएको छ। विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो।

महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ। यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ। छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

फिल्मका अभिनेता त्रिपाठीले ह्युस्टन फिल्म फेस्टिभलमा हलकाराका लागि उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको थियो। त्यस्तै चिन्तन राजभण्डारीले उत्कृष्ट छायांकारको रूपमा अवार्ड हात पार्नुभएको थियो। कालिपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई आकाश बराल, विप्लव प्रतीक र निर्देशक सापकोटाले संयुक्त रूपमा लेख्नुभएको हो ।

Back to top button