भोलि मतदान गर्न जाँदा केन्द्रमा मोबाइल, लाइटर र हतियार लैजान रोक

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा मोबाइल,क्यामेरा,लाइटर,हातहतियार लैजान रोक लगाएको छ।

आज भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नमुना पत्र,उम्मेदवारको संकेत हुने केही चिन्ह पनि लान नमिल्ने जानकारी दिनुभयो।

उहाँका अनुसार मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेको व्यक्ति पनि प्रवेश गर्न पाइने छैन। त्यस्तै,आयोगले भोलि सबैको मताधिकार सुनिश्चित गर्न बैंकलगायत सबै निजी संस्थाहरुलाई बिदा दिन आग्रह गरेको उहाँले बताउनुभयो ।

उहाँले भोलि हुने निर्वाचनको सबै तयारी पूरा गरिसकेको जानकारी दिँदै भन्नुभयो,‘भोलि पानी पर्ने जानकारी आएकोले मतपत्र सुरक्षित पार्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौँ।’

 

Back to top button