मतपत्र सार्वजनिक गरेपछि डा.बाबुराम भट्टराईको आलोचना

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले मतदान गरेको मतपत्र सार्वजनिक गर्नुभएको छ ।

उहाँले चुनाव चिन्ह देखिने तस्वीर सार्वजनिक गरेपछि गोप्य मतदानको बर्खिलाप गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएपछि उहाँले सामाजिक सञ्जालबाट उक्त तस्वीर हटाएर गोप्य मतदान अनिवार्य नभएको प्रतिकृया दिनुभएको छ । उहाँले कसैले आफ्नो मत र बिचार सार्वजनिक गर्न पाउने तर्क गर्नुभएको छ ।

Back to top button