आज संस्कृतिविद् जोशीको १०३ औँ जन्मदिन,मतदान नगर्ने

काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्त जोशीले जनाकारी दिनुभयो।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय–समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको जानकारी दिनुभयो।

बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताउनुभयो।

Back to top button