छतबाट खसेर एक युवकको मृत्यु

कञ्चनपुर । घरको छतबट खसेर शुक्लाफाँटा नगरपालिका–७ का एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २६ वर्षिय विवेक धामी रहेका छन् ।

गएराति ९ बजे घरको छतबाट खसेर सख्त घाईते भएका धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो।

मृतक धामी पिताम्बर स्वास्थ्य चौकीका ल्याब टेक्निसियन पदमा कार्यरत रहेको समेत बताइएको छ।

Back to top button