मतपत्र सार्वजनिक गरेका कारण डा. भट्टराईलाई २४ घन्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

आज बिहान मतदान गर्ने क्रममा भट्टराईले आफूले मतदान गरेको मतपत्रको तस्बिर सार्वजनिक गर्नुभएको थियो स्वस्तिक चिह्न राखेको मतपत्र सार्वजनिक गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।

त्यस्तै, गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको छ। भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

भट्टराईको मतपत्र खिच्ने मोबाइल क्यामेराभित्र कसले लग्न दियो भन्दै निर्वाचन अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको आयोगले बताएको छ।

Back to top button