हावाहुरीले सुर्खेतमा मतदान प्रभावित

सुर्खेत । सुर्खेतमा हावाहुरीसहित आएको वर्षाका कारण मतदान स्थगित भएको छ । आज दिउँसो एक बजेसम्म मतदान कार्य भएपनि हावाहुरीसहित पानी परेपछि मतदान प्रभावित भएको हो ।

हावाहुरीका कारण अधिकांश स्थानमा इन्टरेट सेवा समेत अवरुद्ध हुन पुगेको छ । केहिबेर अघिदेखि पानी रोकिएकाले मतदान कार्य अघि बढाउनेबारे छलफल भइरहेको छ । सुर्खेतमा अहिलेसम्म करिब ३५ प्रतिशत मत खसेको बताइएको छ।

 

Back to top button