पूर्वमन्त्री विना मगरद्वारा मतदान

कञ्चनपुर । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य विना मगरले पुनर्वास नगरपालिका–३ स्थित गोरखनाथ आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । बिहान ८ बजे पूर्वमन्त्री मगरले मतदान गर्नुभएको हो ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले वेदकोट नगरपालिका–८ गयलनदीस्थित बैजनाथ मावि केन्द्रमा दिउँसो मतदान गर्नुभएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिका–६ कसरौलथित बैजनाथ मावि केन्द्रमा मतदान गर्नुभएको छ ।

नौवटै पालिकाका ९२ वटै वडाका लागि कञ्चनपुरमा बिहान ७ बजेदेखि मतदान जारी छ। १ सय ३२ निर्वाचन स्थल रहेको कञ्चनपुरमा ३ सय ४१ मतदान केन्द्र रहेका छन्।

४ सय ७८ पदका लागि दुई हजार १ सय ४१ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। निर्वाचनमा दुई लाख ९५ हजार ३ सय ५४ मतदाता रहेका छन्।

Back to top button