निर्वाचन रोकिदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कसैले निर्वाचन स्थगित गर्न भन्दैमा निर्वाचन नरोकिने बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै आयोगका प्रमुख आयुक्त थपलियाले सकेसम्म आजै बेलुकीसम्म सबै स्थानमा मतदान सक्ने प्रयास भइरहेको बताउनुभएको छ । उहाँले निर्वाचन स्थगन गरेको तर रद्ध नगरेको बताउनुभयो ।

केहि मतदान केन्द्रमा उम्मेदवारकै प्रतिनिधिले मतपेटीकामा आक्रमण गरेको समेत देखिएको भन्दै उहाँले भन्नुभयो, ‘आयोगका कर्मचारीको गडबडी भए त्यसको जिम्मेवारी आयोगले लिन्छ नभए ५ बजेसम्म कर्मचारी रहनुहुन्छ । पुनः सुरु गर्ने सूचना निकाल्नुहुन्छ । मतदानको अधिकारबाट बञ्चित गर्दैनौं । मतदान रोक्नु हुँदैन । मतदान केन्द्र बाहिर गैरकानुनी र अवान्छित कार्य मान्य हुँदैन ।’

उहाँले बेलुकी ५ बजेसम्म ६५ देखि ७२ प्रतिशत मतदान हुने आयोगको अपेक्षा रहेको बताउनुभयो ।

Back to top button