धनुषामा वर्षा रोकिएपछि पुनः मतदान सुरु

धनुषा । धनुषामा वर्षा र हावाहुरीपछि प्रभावित भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ। वर्षा र हावाहुरी रोकिएपछि मतदान सुरु भएको हो।

मतदानस्थलमा पानी जमेर जलमग्न भएको छ। त्यसका बाबजुद पनि मतदाताहरु मतदानमा सहभागी भएका छन्।

एकाएक हावाहुरी र वर्षा भएपछि मत हाल्न लाइनमा लागेका मतदाताहरु तितरवितर भएका थिए। वर्षाका कारण महोत्तरी र धनुषाका केही क्षेत्रमा मतदान प्रभावित भएको थियो।

Back to top button