पाँच दिनमा सबै मतगणना सक्ने तयारी : आयोग

काठमाडौं । निर्वाचन आयोगले ५ दिनभित्र सबै मतगणना सक्ने कार्ययोजना बनाएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज राति ८ बजेदेखि नै मतगणना थाल्ने जानकारी दिनुभयो ।

‘५ बजेसम्ममा सबै ठाउँको मतदान सक्ने प्रयत्न गरेका छौँ, आज ८ बजेदेखि नै ३० प्रतिशत स्थानीय तहको मतगणना हुन्छ, ५ दिनमा सबै निर्वाचन सक्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार कठिनाइ पर्ने ठाउँहरूमा भोलि बिहान २ बजेसम्ममा सबै मतदान स्थलको मतपत्र संकलन गरि सकिनेछ। निर्वाचन आचारसंहिता पालना नगर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ। देशभर अहिले मतदान भइरहेको छ।

Back to top button