अपरान्ह ४ बजेसम्म मोरङमा करिब ६० प्रतिशत मत खस्यो

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत आज जारी मतदानमा मोरङमा अपरान्ह ४ बजेसम्म करिब ६० प्रतिशत मत खसेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेको भन्दै ४ बजेसम्म ५५ देखि ६० प्रतिशत मतदान भएको बताउनुभयो ।

उहाँका अनुसार मोरङको केराबारी गाउँपालिकाको आमजुङ्गि मावि केन्द्रमा भने मतदान करिब सम्पन्न भएको छ । अपरान्ह ५ बजेसम्म मतदानको समय भएपनि त्यहाँ मतदाता आउने क्रम सकिएको छ ।

यस्तै कतिपय मतदान केन्द्रमा केहि अबेरसम्म मतदान हुन सक्ने देखिएको छ । बढी मतदाता भएका र भौतिक पूर्वाधार साँघुरो भएका मतदानकेन्द्रमा मतदान समय बढ्न सक्ने देखिएको छ ।

उपरीक्षक कोइरालाले भन्नुभयो,‘५ बजेसम्म लाईनमा बस्नेलाई मतदान गर्न समय दिँदा केहि केन्द्रमा केहि ढिलोसम्म मतदान हुनसक्छ ।’

Back to top button