मोरङमा एमालेको अग्रता

विराटनगर । मोरङमा नेकपा एमालेले सानदार अग्रता लिएको छ ।

मतगणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ । अघिल्लो पटक पराजित भएका लेटाङ र उर्लाबारीमा समेत एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

यस्तै, मोरङका हाल गणना भइरहेका उर्लाबारी, बेलबारी, रंगेली नगरपालिकामा एमाले उम्मेदवार अगाडि छन् ।

मतगणना भएकामध्ये मिक्लाजुङ गाउँपालिकामा भने एमाले केही मतले पछि रहेको छ ।

Back to top button