विराटनगर महानगरपालिकाको मतगणना सुरु

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। विराटनगर ७ स्थित आदर्श माविमा मतगणना सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको छ। कार्यालयले विराटनगर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएको जनाएको छ।

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी थियो। तर दलका प्रतिनिधि आइनपुगेको कारण मतगणना सुरु गर्न समय लागेको हो।

यस्तै, विराटनगरमा १९ वटा वडा छन्। सिसीटिभी क्यामेरा जडान गरिएको गणनास्थललाई तारजालीले समेत घेरिएको छ।

Back to top button