काठमाडौं महानगरको सुरुवाती नतिजामा नै सिर्जना र बालेन बिच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिकामा ७५ मत गन्दा गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच प्रतिस्पर्धा देखिएको छ।

काठमाडौंको १ र ३२ वडाको कुल ७५ मत गन्दा बालेन शाहले २२, सृजना सिंह १८ र एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।

साथै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गर्नुभएको छ। महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा जारी छ।

Back to top button