मनाङका चार पालिकामध्ये एमाले र कांग्रेसले दुई–दुई जिते

मनाङ । मनाङका सबै पालिकाको अन्तिम मतपरिणाम आएको छ। मनाङमा एमालेले २ र कांग्रेसले २ पालिकामा जित हासिल गरेका छन्।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ्ग ८ सय २० मत ल्याउँदै विजयी हुनुभएको छ । उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९ सय १३ मत प्राप्त गर्नुभएको छ ।

नार्पा भूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जीङ लामाले १ सय ५८ मत ल्याई विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

मनाङकै चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले ३ सय २० मत ल्याई विजयी हुनुभएको छ । उपप्रमुखमा भने मिङमार ढोमा लामा ३२५ मतल्याई विजयी हुनुभएको छ । मनाङको ङिस्याङ गाउँपालिकामा एमालेले बाजी मारेको छ।

Back to top button