बेलबारीमा एमालेको अग्रता

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा जारी मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ । बेलबारी नगरपालिका वडा नं १ को मतगणना गर्दा प्रमुखमा नेकपा एमाले ४ सय १७ मत सहित अगाडी छ भने नेपाली कांग्रेस ३ सय ६३ मतका साथ पछ्याइरहेको छ ।

यस्तै उपप्रमुखमा नेकपा एमाले ३ सय ४४ मत सहित अग्रस्थानमा छ भने नेपाली कांग्रेस ३ सय ४२ मतसहित दो्रो स्थानमा छ । यस्तै बेलबारी १ को वडाअध्यक्षमा भने ४ सय ११ मतका साथ अगाडी छ भने एमाले ३ सय ६९ मतका साथ पछ्याइरहेको बेलबारीका पत्रकार खनिन्द्र कुलुङ्ग राई (अर्जुन)ले जानकारी दिनुभएको छ ।

Back to top button