विराटनगर महानगरको मेयरमा कांग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिइरहनुभएको छ । नेकपा एमालेका उम्मेदवार सागर थापालाई ५ सय बढी मतले पछि पार्दै कोइरालाले अग्रता लिनुभएको हो ।

कोइरालाले २ हजार ३ सय ७७ मत ल्याउँदा एमालेका थापाले १ हजार ७ सय १० मत ल्याउँनुभएको छ । त्यस्तै स्वतन्त्र रुपमा उठेका उमेश यादवले ७ सय ६३ मत ल्याउनुभएको छ ।

उपमेयरमा भने एमालेले अग्रता लिइरहेको छ। एमालेका उम्मेदवार शिल्पा कार्कीले १ हजार ९ सय २३ मत ल्याउनुभएको छ भने जसपाका उम्मेदवार अमरेन्द्र यादवको १ हजार २ सय ८ मत रहेको छ।

यस्तै, वार्ड नं. १ र १६ मा कांग्रेसकै अग्रता रहेको छ। त्यस्तै वार्ड नं. २ मा राप्रपा, १७ मा जसपा, १८ मा स्वतन्त्र उम्मेद्वार र १९ मा एमालेले अग्रता लिइरहेको छ।

Back to top button