बझाङको साइपाल अध्यक्षमा एमालेबाट बोहरा विजयी

बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेका मानबहादुर बोहराले ६ सय ७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोरा ६ सय १३ मत ल्याएर पराजित हुनुभएको हो ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६ सय ७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६ सय १९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी हुनुभएको छ । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको जनाइएको छ ।

Back to top button