सुनसरीमा ४ वटा वडाको मतगणना सकिदा ३ वटा वडामा एमालेको जित

सुनसरी । सुनसरी जिल्लाका ४ स्थानीय तहका ४ वटा वडाको मतगणना सकिएको छ। जसमा ३ वटा वडाका वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर २ मा एमालेका रमेश राई ७ सय ४८ मत ल्याएर विजयी हुनुभएको छ । मेयरमा भने २ हजार ६ सय ६२ मत सहित कांग्रेसले अग्रता लिएको छ। जहाँ एमालेको १ हजार ९ सय ३४ मत रहेको छ।

दुहवी नगरपालिका वडा नम्बर १ बाट एमालेका मोहमद अजुल हुसैन ९ सय २९ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । त्यस्तै बर्जु गाउँपालिका वडा नम्बर १ मा एमालेका दिल बहादुर गुरुङ ९ सय ३९ मत ल्याएर विजयी हुनुभएको छ ।

भोक्राहा नरसीँह गाउँपालिका वडा नम्बर १ मा भने राप्रपाका लक्ष्मण मेहेता विजयी हुनुभएको छ । उहाँले जम्मा १ हजार ९० मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको हो ।

सुनसरीमा दुई वटा उपमहानगरपालिका चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेका छन्।

Back to top button