भरतपुर महानगरमा रेनुलाई पछि पार्दै विजय सुवेदीको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ ।

पछिल्लो समय लिड गर्दै आउनुभएकी दाहाललाई सुवेदीले उछिन्नुभएको हो । पछिल्लो मत परिणामअनुसार दाहालले १ हजार ५ सय ४१ मत ल्याउँदा सुवेदीले १ हजार ६ सय ११ मत पाउनुभएको छ ।

यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले ५ सय ३७ मत पाउनुभएको छ । उपमेयरमा कांग्रेस उम्मेदवारलाई १ हजार ७ सय ७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १ हजार २ सय ४२ मत ल्याउनुभएको छ ।

भरतपुरमा एकातिर गठबन्धन र अर्को तर्फ एमाले–राप्रपाबीच चुनावी तालमेल रहेको छ ।

Back to top button