सुनवर्षीमा एमालेको अग्रता

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

सुनवर्षीको प्रमुख( मेयर) पदमा एमालेका उम्मेदवार श्‍यामप्रसाद राजवंशीले २ हजार ५ सय ९३मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले २ हजार ४ सय ३६ मत प्राप्त गर्नुभएको छ ।  यस्तै जनता समाजवादी पार्टीका सदानन्द यादव १ सय ५५मत र राप्रपाका कुसुमलाल साहले १ सय मत २६ प्राप्त गर्नुभएको छ ।

उपप्रमुख( उपमेयर) पदमा नेपाली कांग्रेसकी विमलादेवी केवरत २ हजार ५ सय ५४ मतका साथ अगाडि हुनुहुन्छ भने नेकपा एमालेकी मिरादेवी दास केवरत २ हजार ४सय ४१मतका साथ पछ्याइरहनुभएको छ । राप्रपाकी चन्द्र माया तामाङ्गले २ सय २० मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेशनका पदम बहादुर तामाङ्गले १ सय २ मत ल्याउनुभएको छ ।

यसैगरि सुनवर्षीका तीन वटा वडाको नतिजा समेत आइसकेको छ । त्यसमध्ये सुनवर्षी १ मा नेपाली कांग्रेसका विरबहादुर राई १ हजार २ सय ११ मतसहित निर्वाचित हुनुभएको छ भने वडा २ मा कांग्रेसकै विनोदकुमार राजवंशी १ हजार ९६ मतसहित निर्वाचित हुनुभएको छ । सुनवर्षी ३ मा भने नेकपा एमालेका अतनकुमार बुढाथोकी ७ सय ७३ मतसहित निर्वाचित हुनुभएको छ ।

Back to top button