कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता कायमै

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्राप्त मत परिणाम अनुसार अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार राजमती इङ्नामले ४ हजार ५ सय ९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुर्य धिमालले २ हजार २ सय ९७ मत ल्याउनुभएको छ ।

नेपाली कांग्रेसका सञ्जय भट्टराई २ हजार १ सय ८३ मतका साथ तेस्रो ‘पोजिसन’ मा हुनुहुन्छ भने राप्रपाका मोहन गौतमले १ सय ६६ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकै भोला अधिकारीले ४ हजार ७ सय ७६ मतका साथ अग्रता लिइरहनुभएको छ भने नेपाली कांग्रेसकी मनकुमारी गुरुङ्ग ३ हजार ४ सय ८६ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै माओवादी केन्द्रकी उम्मेदवार तारा ओझाले १ हजार ८० मत प्राप्त गर्दा राप्रपाकी बिन्दा नेपाल बास्कोटाले १ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

Back to top button