वीरगन्जको उपमेयरमा सदरभन्दा बदर मत बढी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको उपमेयरमा सदर भएको मतभन्दा बदर मत बढी भएको छ।

उपमेयरमा हालसम्म गणना गरिएको मत मध्ये सदरभन्दा बदर मत बढी भएको छ । हालसम्म महानगरको उपमेयर कुल ३५७९ मत गणना गरिएको छ।

जसमध्ये सदर मतको संख्या १७०६ रहेको छ भने बदर मत संख्या १८७३ रहेको छ । वीरगन्जमा एक तर्फ पाँच दलले गठबन्धन गरेका छन भने अर्को तर्फ दुई दलले गठबन्धन गरेका छन । जसका कारणले पनि मतदाता हरु झुकिएर अलमलमा परेपछि बदर मतको संख्या बढी भएको हो।

यसपालि मतदाता शिक्षा पनि निर्वाचन आयोगले सन्चालन नगर्दा मतदातालाई मत कसरी हाल्ने वारेमा जानकारी नभएकोले बदर मत संख्या बढी भएको पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

दल तथा तिनका उम्मेद्बारहरुले मात्रै मतदाताहरु लाई मत हाल्न सिकाएकोले सबै मतदाताहरुले मत हाल्नेबारे जानकारी पाउन नसकेको उहाँको भनाइ छ।

Back to top button