सुनसरीमा को-को निर्वाचित भए ?

सुनसरी । बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहँदा उम्मेदवारहरु निर्वाचित हुने क्रम पनि जारी छ । सुनसरीमा केहि वडाहरुमा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका यज्ञमणि आचार्य ७ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ ।

धरान –२ को वडाध्यक्षमा एमालेका रमेश राई ७ सय ४८ मत ल्याएर विजयी हुनुभएको छ । धरान–३ को वडाध्यक्षमा कांग्रेसका विद्या शाक्य १ हजार ८० मत ल्याएर विजयी हुनुभएको छ ।

सुनसरीको दुहवी नगरपालिका–१ को वडाध्यक्षमा एमालेका मोहमद अजुल हुसैन ९ सय २९ मत ल्याएर विजयी हुनुभएको छ ।

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का वडाध्यक्षमा राप्रपाका लक्ष्मण मेहेता १ हजार ९० मत ल्याएर विजयी हुनुभएको छ भने भोक्राहा नरसिंह– २ को वडाध्यक्षमा नेपाली कांग्रेसका आलम अन्सारी मियाँ ६ सय ७१ मत ल्याएर विजयी हुनुभएको छ ।

सुनसरी बर्जु गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका दिलबहादुर गुरुङ ९ सय ३९ मत ल्याएर विजयी हुनुभएको छ भने २ नम्बर वार्डमा पनि नेकपा एमालेकै महेन्द्रप्रसाद कामत ५ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार सोभितनारायण यादव ८ सय ७५ मत ल्याएर विजयी हुनुभएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहमद तैयव अन्सारी ८ सय ९६ मतका साथ निर्वाचित हुनुभएको छ । सोहि गाउँपालिकाको ७ को वडा अध्यक्षमा नेकपा समाजवादीका मोजमिल खाँ ५ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ ।

इनरुवा नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रमोदकुमार पोखरेल ८ सय १३ मत ल्याएर विजयी हुनुभएको छ ।

Back to top button