३२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, अग्रस्थानमा एमाले

विराटनगर । स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना र मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका ३२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएका छन् ।

अन्तिम मत परिणाम आएका पालिकाहरु मध्ये १३ वटा पालिका प्रमुखमा एमालेले जित निकालेको छ भने नेपाली कांग्रेसले ९ पालिका प्रमुख जितेको छ । यस्तै माओवादी केन्द्रले ८ र नेकपा एकिकृत समाजवादीले २ वटा पालिकामा जितेका छन् ।

हेरौं कस्ले कहाँ कहाँ जिते ?

नेकपा एमालेले जितेका पालिकाहरू
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका (कान्छा घले)
२. मनाङको चामे गाउँपालिका (लोकेन्द्रबहादुर घले)
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका (लोप्साङ छोम्पेल विष्ट)
४.मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (रिङजिन नामगेल गुरूङ)
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका (टसी न्वर्वु गुरूङ)
६.डोल्पाको से फोक्सुण्डो गाउँपालिका (धावा सम्डुङ गुरुङ)
७. सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (मिङ्माछिरि शेर्पा)
८. बझाङको साइपाल गाउँपालिका (मानबहादुर बोहोरा)
९. नवलपुरको बौदीकाली गाउँपालिका (प्रकाश ओझा)
१०. बझाङको थलारा गाउँपालिका (प्रकाश रोकाया)
११. मुस्ताङको थासाङ गाउँपालिका (प्रदिप गौचन)
१२ म्याग्दीको मालिका गाउँपालिका (वेगप्रसाद गर्वुजा)
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका (यादवबहादुर खापुङ)

नेपाली कांग्रेस जितेका पालिकाहरू
१. मनाङको नार्पाभूमी गाँउपालिका (कोन्जो तेन्जीङ लामा)
२.मनाङको नासोँ गाउँपालिका (धनबहादुर गुरुङ)
३. मुस्ताङको घरपोझङ गाउँपालिका (मोहनसिंह लालचन)
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा (खिलध्‍वज पन्थी)
५. गन्यापधुरा गाउँपालिका (ईन्द्रबहादुर कार्की)
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका (सरोजकुमार थापा)
७. डोटीको बडीकेदार गाउँपालिका (भैरवबहादुर साउद)
८. हुम्लाको खार्पुनाथ गाउँपालिका (कर्णबहादुर रावल)
९. बागलुङको तमानखोला गाउँपालिका (जोकलाल बुढा)

नेकपा माओवादी केन्द्रले जितेका पालिकाहरू
१.डोल्पाको जगदुल्ला गाउँपालिका (नारसिङ रोकाय)
२. दैलेखको नौमुले गाउँपालिका (छविराम सुवेदी)
३. बाग्लुङ ताराखोला गाउँपालिका (धनबहादुर विक)
४.उदयपुर लिम्चुङबुङ गाउँपालिका (मेजरकुमार राई)
५.रोल्पाको थवाङ गाउँपालिका (ऋषिकेशव बुढामगर)
६. खोटाङको जन्तेढुंगा गाउँपालिका (अरूणादेवी राई)
७.दार्चुलाको नौगाड गाउँपालिका (दलजितसिंह धामी)
८. दार्चुलाको अपीहिमाल गाउँपालिका (भगतसिंह ठेकरे बोहरा)

नेकपा एकीकृत समाजवादी जितेका पालिकाहरू
१. डोल्पाको छार्का साङतोङ गाउँपालिका (सेनाङ गुरुङ)
२. डोल्पाको काइके गाउँपालिका (अंगदकुमार राना)

Back to top button