विराटनगर । विराटनगर महानगरपालिकामा वडा नं १९ मा नेकपा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
विराटनगर वडा नं १९ मा नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे ९८७ मतसहित विजयी हुनुभएको हो ।
घिमिरेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय राजवंशीलाई ८८ मतअन्तरले पराजित गर्नुभएको हो ।
घिमिरेले ९८७ मत सहित विजयी हुँदा कांग्रेसका राजवंशीले ८९९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै वडाको दुई खुला सदस्यमा एमालेका निजनारायण राजबंशी र लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी हुुनुभएको छ ।
गत स्थानीय तह निर्वाचनमा वडा नं १९ मा कांग्रेसको वागी उम्मेदवार प्यानलसहित विजयी हुनुभएको थियो ।
शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना हुने क्रममा रहेकोले हालसम्म विराटनगरको एउटा वडाको परिणाम मात्र सार्वजनिक भएको छ ।
प्राप्त परिणाम अनुसार महानगरको मेयरमा कांग्रेसका नागेश कोईरालाको अग्रता कायम छ भने उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले अग्रता लिइरहनुभएको छ ।