विराटनगर-१७ मा जसपाका समिम मियाँ विजयी

विराटनगर । विराटनगर महानहरपालिका वडा नं १७ मा जनता समाजवादी पार्टीका समिम कमर मियाँ विजयी हुनुभएको छ ।

जसपाका उम्मेदवार मियाँले १ हजार ४ सय ५० मत ल्याएर विजयी हुनुभएको हो ।

मतगणनाको सुरू देखीनै अग्रता लिनुभएको कमरले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असलम आलम लाई ५०५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

वडाको अध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहेको कांग्रेसका आलमको ९ सय ४५ मत आएको थियो भने नेकपा एमालेका हमिद आजद लाई ६ सय १२ मत प्राप्त भएको थियो ।

हाल सम्म विराटनगरको दुई वटा वडाको मत परिणाम आएको छ जसमा वडा नं १७ मा कमर र वडा नं १९ मा एमालेका श्याम घिमिरे विजयी हुनुभएको छ ।

Back to top button