भरतपुर महानगरमा सुवेदीको अग्रता,दाहाल ३३ मतले पछाडि

भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ। माओवादीकी रेनु दाहाललाई ३३ मतले पछि पार्दै सुवेदीले अग्रता लिनुभएको हो ।

११ हजार ७ मतगणना हुँदा सुवेदीको ३ हजार ८ सय ३८ मत छ भने दाहालले ३ हजार ८ सय ५ मतका साथ सुवेदीलाई पर्छयाईरहनुभएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पनि मत बढिरहेको छ। उहाँले एक हजार ५ सय ११ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ४ हजार ३ सय ५२ मत सहित अग्रता लिनुभएको छ भने दोस्रोमा रहनुभएकी राप्रपाकी हिमला गुरुङको दुई हजार ९ सय ९८ मत रहेको छ।

Back to top button