भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नुभएको छ । भारतीय सेनाको विशेष विमान मार्फत उहाँ लुम्बिनी आइपुग्नुभएको हो ।

हेलिकप्टरबाट झरेपछि उहाँ मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा हिजो साँझ नै भैरहवा पुग्नुभएको छ । उहाँसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्तिहरु आइपुग्नुभएको हो ।

प्रधानमन्त्री देउवाले आज बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ।

यस्तै, लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको पवित्र जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाउनुभएको छ ।

Back to top button