जनकनन्दिनी गाउँपालिका–५ मा जसपा १ मतले विजयी

जनकपुर । धनुषाको जनकनन्दिनी गाउँपालिका–५ मा जनता समाजवादी पार्टी (जसपा)का अशोक कुमार मण्डल १ मतले विजयी हुनुभएको छ ।

आज सम्पन्न भएको वडाको मतगणना अनुसार मण्डलले ३ सय ३० मत ल्याउनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तनुकलाल कापरीले ३ सय २९ मत ल्याउनुभएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा लोसपाकी महिला सदस्य ललिता देवी यादव ३ सय ४४, सदस्य जसपाका दिपेन्द्र यादव ३ सय ३८ र जसपाकै संतोष कुमार साहले ३ सय ८ मत ल्याउनुभएको हो । दलित महिला सदस्य भने यस वडामा नरहेको निर्वाचन अधिकृत दाहालले बताउनुभयो ।

Back to top button