रसुवामा विजयी वडाध्यक्षलाई बधाई दिनजाँदा दुर्घटनामा परी दुईजनाको मृत्यु

रसुवा । मोटरसाइकल दुर्घटनामा परेर रसुवामा २ जनाको मृत्यु भएको छ। स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई बधाई दिन जाने क्रममा दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० का ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताउनुभयो।

उहाँका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उहाँहरूको मृत्यु भएको हो।

उहाँहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाँदै हुनुहुन्थ्यो।

Back to top button