देउवा र मोदीद्धारा मायादेवी मन्दिरको दर्शन

काठमाडौं । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको दिन लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

मन्दिरमा पूजा आराधना गरेपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुभयो ।

उहाँहरूले आगन्तुक पुस्तिकामा समेत लेख्नुभएको छ । यसपछि विहार शिलान्यासका लागि जानुभएका दुईले मूल समारोहमा सहभागी हुनुहुनेछ ।

Back to top button