भक्तपुर नगरपालिकामा पुनः सुनिल प्रजापति विजयी

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति विजयी हुनुभएको छ । उहाँले २९ हजार २ सय ५२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मेयरका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत ल्याउनुभएको छ । अघिल्लो पटक पनि सुनिल नै मेयरमा विजयी हुनुभएको थियो ।

उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मत ल्याउनुभएको छ ।

यस्तै भक्तपुर नगरपालिकाका वडाहरुमा समेत नेमकिपाका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

Back to top button