विराटनगरमा कोइरालाको अग्रता कायमै, हेरौं कस्लाई कति मत आयो- कति बदर भयो ? 

विराटनगर । विराटनगर महानगरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राख्नुभएको छ ।

१६ हजार ३ सय ४३ मत गन्दा उहाँ निकटतम प्रतिष्पर्धि नेकपा एमालेका उम्मेदवार सागर थापा भन्दा १ हजार ५ सय १६ मतले अगाडि हुनुहुन्छ । उहाँले हाल गणना भइरहेका विराटनगरका सबै वार्डमा थापाको भन्दा मत बढी ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीले अग्रता कायम राख्नुभएको छ । उहाँ ४ हजार १ सय ८२ मतले अग्रता लिँला गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ३ हजार ८३ मतले पछ्याइरहनुभएको छ ।

यस्तै १६ हजार ३ सय ६३ मत गन्दा मेयर तर्फ ५ हजार १ सय ४६ मत बदर भएको छ भने उपमेयरमा ७ हजार २ सय ११ मत बदर भएको छ ।

हेरौं हालसम्म गणना भएका वार्डमा कस्लाई कति मत आयो र कति बदर भयो ?

Back to top button