नेपाल र भारतबीच ६९५ मेगावाटको अरुण ४ बनाउने सम्झौता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच आज अरुण ४ बनाउने सहमति भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । अरुण ४ को कुल क्षमता ६९५ मेगावाट छ।

अरुण ४ मा भारतको सतलजले ५१ प्रतिशत शेयर पाउने छ भने प्राधिकरणले ४९ प्रतिशत सेयर पाउनेछ।

यस्तै, अहिले सतलजसँग मिलेर नेपालले अरुण ३ निर्माण अगाडि बढाइरहेको छ।

Back to top button