भद्रपुर ४ मा माओवादीका राजवंशी विजयी

विर्तामोड । भद्रपुर नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हंशधर राजवंशी पुनः वडा नम्बर ४ मा निर्वाचित हुनुभएका छ।

कांग्रेस र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेको माओवादीले वडा नम्बर ४ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएको थियो।

राजवंशीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गर्नुभएको हो । राजवंशीले १२६६ र लिम्बुले ९३५ मत ल्याउनुभएको छ।

राप्रपाका दिनानाथ रिजालले ५६५ मत ल्याउनुभयो । त्यस्तै वडा सदस्यमा एमालेका माधव प्रसाद अधिकारीले ९४२, अर्जुन बानियाँले ८९८, दलित महिला सदस्यमा सावित्रा विश्वकर्माले ८६५ मत ल्याउनुभएको छ ।

महिला सदस्यमा माओवादीका सविता पुरीले १०२० मत ल्याई विजयी हुनुभएको छ ।

Back to top button