विराटनगर– २ मा एमालेका पोखरेल निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिका वडा –२ को वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेल निर्वाचित हुनुभएको छ ।

वडा – २ मा मतगणना को सुरूवात देखी अग्रता लिईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका पवन सुरानालाई ५१ मतले पराजित गरि पोखरेल दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

निर्वाचित पोखरेलले १३३४ मत ल्याउदाँ निकटतम प्रतिद्वन्द्वी सुरानाले १२८३ मत प्राप्त गर्नु भएको थियो । सुराना अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बन्दा पनि झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।

पोखरेलको जित संगै नेकपा एमालेले विराटनगरमा वडा– १, २ र १९ गरेर तीन वटा वडामा विजयी भएको छ भने हाल सम्म नेपाली कांग्रेस १ जनता समाजवादी पार्टी १ र स्वतन्त्र उम्मेदवार १ वडामा विजयी भएका छन् ।

Back to top button