धरान उपमहानगर–५ मा एमाले प्यानल विजयी

सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर–५ मा नेकपा एमालेले प्यानलै जितेको छ ।

एमालेका मनप्रसाद लिम्बूले कांग्रेसका सन्तोष लिम्बूलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मनप्रसादले १६१५ मत प्राप्त गरि निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द‍्वी सन्तोषले १४५४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महिला सदस्य सुनिता राई र दलित महिला सदस्यमा शान्तामाया विक निर्वाचित हुनुभएको छ खुल्ला सदस्यमा प्रेम बहादुर दाहाल र विजय राई निर्वाचित हुनुभएको छ ।

धरानमा १ देखि ७ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरानमा ८,९,१० र ११ मत गणना भइरहेको छ ।

यस्तै, मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा चुनावी मैदानमा हुनुहुन्छ ।

Back to top button