गठबन्धनको बिषयमा गम्भिर समिक्षा आवश्यक : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

आज २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको भन्दै गठबन्धनका घटकहरूले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताउनुभयो ।

‘पार्टी निर्माणका सवालमा गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ ।’ उहाँले भन्नुभयो,‘कतिपय ठाउँहरूमा राम्रै अवस्था भए पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं।’

अध्यक्ष नेपालले वैचारिकरूपमा पार्टीलाई दह्रो बनाउनुपर्ने बताउँदै पार्टीलाई जनतामाझ क्रियाशिल गराउन नेता, कार्यकर्ताहरूसँग आग्रह गर्नुभयो ।

Back to top button