विराटनगर महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेले मतान्तर बढाउँदै

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत जारी मत गणना अनुसार विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले मतान्तर बढाउँदै लैजानुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोईरालाले ९ हजार मत ल्याइरहँदा एमालेका उम्मेदवार सागर थापाले ६ हजार ६ सय ६७ मत प्राप्त गर्नुभएको छ । कोइराला २ हजार ३ सय ३३ मतले अगाडी रहनुभएको छ ।

यस्तै स्वतन्त्रबाट मेयरका उम्मेदवार उमेश कुमार यादवले २ हजार ८ सय २५ मत ल्याउनुभएको छ भने राप्रपाका उम्मेदवार प्रहलाद प्रसाद साहले १ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार कार्किले ७ हजार ६ सय ४६ मत ल्याइरहँदा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले ४ हजार ८ सय ४४ मत ल्याउनुभएको छ ।

राप्रपाकी उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले २ हजार ३ सय २ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ६ सय ६९ मत ल्याउनुभएको छ ।

Back to top button